२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • नेकपा निकट अखिल ( क्रान्तिकारी )...
--3932

नेकपा निकट अखिल ( क्रान्तिकारी ) लगायत ३ विद्यार्थी संगठनद्वारा एमसीसी विरुद्ध बिरोध प्रदर्शन

नेकपा निकट अखिल ( क्रान्तिकारी ) लगायत ३ विद्यार्थी संगठनद्वारा एमसीसी विरुद्ध बिरोध प्रदर्शन

बिहिवार, फाल्गुण २६ २०७८
बिहिवार, फाल्गुण २६ २०७८
  • अनिल थारु ,कपिलवस्तु । एमसीसी सम्झौता बिरुद्ध कपिलवस्तु जिल्लाका अखिल ( क्रान्तिकारी ) लगायत ३ बिद्यार्थी संगठनले आज बिहिवार कपिलवस्तुको पिपरामा बिरोध प्रदर्शन गरेका छ्न।  

    बिरोध कार्यक्रममा सम्बोधन गर्दै नेकपा निकट अखिल ( क्रान्तिकारी ) केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज बिज्ञान क्षेत्रीले केही मुठ्ठीभर साम्राज्यवादका दलालहरुले एमसीसी सदनबाट पास गरे पनी आम बिद्यार्थी ,जनताले पास नगरेको र यसलाई खारेज गर्नु पर्ने बताउनु भयो । क्षेत्रीले एमसीसी पास भए पनि आफुहरुले कार्यन्वयन गर्न नदिने बिषय राख्नु भयो । उनले एमसीसी बिरुद्ध सबै बिद्यार्थी ,जनता एक भयर संघर्ष गर्नु बिकल्प नरहेको र निरन्तर आन्दोलन गरेर सडक बाटै खारेज गर्नुपर्ने धारणा व्याक्त गर्नु भयो ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल छैठौंका लुम्बिनी प्रदेश सद्स्य बिमल खरेलले एमसीसीका दलाहरुलाई बहिस्कार गर्नुपर्ने बताउनु भयो । यसै गरि ( क्रान्तिकारी ) माओवादी  निकट अखिल ( क्रान्तिकारी ) का जिल्ला संयोजक दिल बहादुर चुदाराले एमसीसी देश र जनताको हितमा नभएकोले खारेज गर्नु को बिकल्प नरहेको र आफुहरु निरन्तर संघर्ष गर्नु पर्ने बताउनु भयो ।     

    बिरोध कार्यक्रम अखिल ( क्रान्तिकारी ) जिल्ला कमिटी सद्स्य सपना खनाल को सन्चालनमा भएको थियो । बिरोध प्रदशन कपिलवस्तु जिल्लाको पिपरामा कोण सभामा परिणत भएको थियो ।

    कार्यक्रममा बिद्यार्थीहरुले ” एमसीसी चहिन्न,देश बेच्न पाइन्न ” No एमसीसी ,Reject एमसीसी , एमसीसीका दलालहरु होसियार ,बिद्यार्थी एकता जिन्दावाद ,नारा जुलुस समेत गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij