महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका समन्वय अधिकारी कार्यकक्षमै थुनिएका छन् । समन्वय समितिका पदाधिकारीले सेवा सुविधा रोकेको भन्दै पदाधिकारीले बुधबार दिउँसो समन्वय अधिकारी खेमप्रसाद चौधरीलाई कार्यकक्षमै थुनेका हुन् । अहिले प्रहरीले कार्यकक्षको ताला तोडेको बताएको छ ।
सुविधा रोकेको भन्दै पदाधिकारीहरु आक्रोशित भएपछि उनीहरुले कार्यकक्षमै थुनेका हुन्। सुविधाहरु तत्काल पाउनु पर्ने उनीहरुको माग रहेको छ ।
