२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3925

सुनचाँदी ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसंग आग्रह

सुनचाँदी ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसंग आग्रह

बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  • बुटवल । सुनचाँदी ब्यवसायीहरुले ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् ।

    महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार राईसँग भेटगरी प्रष्ट नीति वनाउन आग्रह गरेको हो ।

    सुनचाँदी ब्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति वन्न नसक्दा ब्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस पालनागरी अगाडि बढ्न ब्यवसायीहरु तयार रहेको बताए । आफुहरुले दशौं बर्षदेखि यस बिषयमा आवाज उठाउँदै आएको भए पनि हालसम्म त्यसको सम्बोधन हुन नसकेको उनको भनाई छ ।

    सुनचाँदी ब्यवसायीसँगको भेटका क्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी ब्यवसाय, ब्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति वनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । यसका लागि विभिन्न सरकारी निकायम सग्ँ समन्वय गरेर अगाडि बढ्ने बिश्वास उनले दिलाए । ब्यवासायीहरुले सुनचाँदी ब्यवसायीले भोग्दै आउनुपरेका समस्याहरुका बारेमा महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

    त्यसक्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, मधेश प्रदेश सभापति रामजी साह लगायतका ब्यवसायीको सहभागिता रहेको थियो ।

    प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अष्प्रष्टता देखिएको छ । जसकाकारण ब्यवसायीहरु बारम्वार अप्ठ्यारो पर्ने गरेका छन् । सरकार र ब्यवसायीवीच सिघ्र नीति निर्माणगरी लागु गर्ने सहमति धेरै बर्ष अगाडि नै भएको भए पनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij