२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--3922

मानिसको लागि पोषण नभई नहुने तत्व

मानिसको लागि पोषण नभई नहुने तत्व

बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  • अनिल नेपाली अर्घाखाँची २५ फागुन। सन्धिखर्क नगरपालिकाले आज एक कार्यक्रमका बीचमा बृहत् पोषण बिशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि आधारभुत क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।

    तालिम सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भुसालले कार्यक्रममा मन्तब्य राख्दै मानिसको जीवनमा पोषणको धेरै नै महत्व रहने बताउदै शशीरलाई आबश्यक पर्ने तत्व पोषण भएकोले यसमा सबैले ध्यान दिन जरुरी रहेको बताउदै तालिमलाई उपलब्धी मुलक बनाउनको लागि समेत शुभकामना समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले पोषणमा विशेष ध्यान दिन सकेमा विभिन्न रोगको प्रकोपबाट सजिलै सँग बच्न सकिने बताउदै त्यसको प्रयोगमा सबैले ध्यान दिई सहज रुपमा जीविकोपार्जन गर्न जरुरी रहेको बताए ।

    कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक को अध्यक्षता स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्यकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो कार्यक्रम आज देखि चैत १ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij