बुटवल । अमेरिका सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएलगत्तै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सीलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउनसक्ने जानकारी गराएको हो।
नेपालमा विधुत प्रशारण लाइन र सडक विर्माणका लागि अमेरिकाले दिने करीव ६० अर्बको अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउन अमेरिकाले दिदै आएको दबाबप्रति बेइजिङ्गले खुला रुपमै आफ्नो सुरक्षा चासो समेत दर्शाउँदै नेपालका राजनितिक दलहरूलाई एमसीसी सम्झौता अनुमोदन नगर्न भन्दै अअसन्तुष्टी जनाएको थियो।
तर चीनले चाहेर पनि नेपालले एमसीसी सम्झौता अनुमोदन हुनबाट रोक्न नसकेको अवस्थामा बेइजिङ्गले तत्कालै विदेशमन्त्रीको भ्रमण तय गरेको हो।
नेपालमा गठबन्धन सरकार बनेपछि चीनका विदेशमन्त्री वाङ पहिलो पटक नेपाल आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री डा. खड्का टर्की भ्रमणबाट फर्किनासाथ चीनिया विदेशमन्त्रीको भ्रमण लगायत अन्य देशबाट पनि उच्चस्तरीय भ्रमणका लागि गृहकार्य अघि बढाइने मन्त्रालयका अधकिारीहरुले बताएका छन् ।
त्यस्तै भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि कोशीश भइरहेको जनाएको छ।
चीनका विदेशमन्त्रीको नेपाल भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ ।
