२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
--3919

नवलपुर हत्या आशंकामा श्रीमती पक्राउ

नवलपुर हत्या आशंकामा श्रीमती पक्राउ

बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  • बुटवल । पूर्वी नवलपरासीमा श्रीमानको हत्या गरेको आशंकमा नवलपुर प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको देवचुली नगरपालिका – ४ रानागाँउ स्थित २५ बर्षीय खेमबहादुर घर्तीको हत्या आशंकामा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको हो ।

    घर्ती आफ्नै घरको कोठामा रहेको सिलिङको पंख्यामा नाइनलको डोरीले घाँटीमा पासो लगाइ झुण्डिएको भन्दै उपचारका लागि देवचुली हस्पताल दलदले ल्याइएको थियो । उनको राति नै निधन भएको थियो । प्रहरीले श्रीमानको श्रीमतीले हत्या गरी झुण्डिएको बाहाना बनाएको आशंकामा घर्तीकी श्रीमती २३ बर्षीया सावित्री राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले घटनाको अनुसन्धान भईरहेको र घटना शंकास्पद देखिएको जनाएको छ । घर्तीलाई उनकै श्रीमतीले धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंका प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टक लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij