२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • राजनीति
  • महिलामाथि उत्पीडनको अन्त्य वैज्ञानिक समाजवादमा मात्र...
--3913

महिलामाथि उत्पीडनको अन्त्य वैज्ञानिक समाजवादमा मात्र सम्भव : उपाध्याय

महिलामाथि उत्पीडनको अन्त्य वैज्ञानिक समाजवादमा मात्र सम्भव : उपाध्याय

मंगलवार, फाल्गुण २४ २०७८
मंगलवार, फाल्गुण २४ २०७८
  • बुटवल । अनेमसंघ क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष धिरेन्द्रकुमारी उपाध्यायले महिलामािथको उत्पीडन संसदीय व्यवस्थाले रोक्न नसक्ने भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताउनुभएको छ । 

    मंगलबार रुपन्देहीमा संयुक्त संघर्ष समितिद्धारा आयोजित ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा बोल्दै नेता उपाध्यायले नेपालमा महिला उत्पीडनको मुख्य कारक दलाल पुँजीवादी संसदीय व्यवस्था भएको भन्दै यो व्यवस्थाले महिलाहरुलाई विज्ञापनका साधन बनाएको बताउनुभएको छ । उहाँले जनयुद्धमा २५ सय महिलाहरुको बलिदान संसदीय व्यवस्थाका लागी नभएको भन्दै यसको अन्त्य नगर्दासम्म महिला मुक्ति सम्भव नभएको बताउनुभयो । उहाँले महिलाहरुको पितृसत्तात्मक व्यवस्था र दलाल पुँजीवादी व्यवस्थाबाट उत्पीडनमा परेको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताउनुभयो । उहाँले महिलामाथिको शोषण, हिंसाको अन्त्य र समान अधिकारका लागी वैज्ञानिक समाजवाद एक मात्र विकल्प भएको भन्दै संसदीय व्यवस्था रहँदासम्म महिलामाथि शोषण, अन्याय, बलात्कार र हिंसा नरोकिने बताउनुभयो । उहाँले देशमाथि साम्राज्यवादीहरुको अतिक्रमण र थिचोमिचो भएको भन्दै फेरि नालापानी युद्ध जरुरी रहेको बताउनुभयो । उहाँले संसदले एमसीसी सम्झौता पास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै नेपालको भविष्य युक्रेनी जनताको नियति हुने भन्दै यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले दलाल पुँजीवादी राज्यसत्ता विरुद्धको संघर्षमा महिलाहरु अग्रभागमा हुनुपर्ने बताउनुभयो । 

    विरोध सभामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का प्रदेश सदस्य निमकला, अनेमसंघ जिल्ला सचिव दुर्गा आचार्य, वैज्ञानिक समाजवादी महिला संगठन लुम्बिनी प्रदेश संयोजक शकुन्तला गैरेले महिलामाथि हुने हिंसा र शोषणका विरुद्ध संघर्ष जरुरी भएको भन्दै देशभक्त र क्रान्तिकारी महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँहरुले राज्यसत्ताका कारण महिलाहरु विभेद र उत्पीडनमा पर्नुपरेको भन्दै महिलाहरु सचेत रुपमा संगठित नहुँदासम्म महिला मुक्ति सम्भव नहुने बताउनुभयो ।

    अनेमसंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष शान्ता पौडेलको अध्यक्षता, अनेमसंघ (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष शान्ता खनाल मरासिनीको स्वागत र अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्ष उषा पाठकको सञ्चालनमा कार्यँक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा संग्रामी सांस्कृतिक परिवार र रक्तिम परिवारले नाँच प्रस्तुत गरेका थिए । बुटवल नयाँ बसपार्कबाट सुरु भएको जुलुस बजार परिक्रमा गर्दै अमरपथको टक्सारचोकमा पुगेर विरोध सभा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij