२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • समाचार
  • सन्धिखर्कमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका...
--3911

सन्धिखर्कमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

सन्धिखर्कमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

मंगलवार, फाल्गुण २४ २०७८
मंगलवार, फाल्गुण २४ २०७८
  • बुटवल । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा नेपाल प्रहरी द्धारा आयोजित प्रभातफेरी कार्यक्रम राखिएको छ । सो कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी गणेश खनालले आज  मन्तव्य राख्दै महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा सबैको जोड रहेकोबताएका छन् ।

    महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागि रहनुपर्ने उनको भनाई थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख बेल कुमारी परियार, सशस्त्र प्रहरी बल ३६ न. गुल्मबाट सशस्त्र प्रहरीको टाली, जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी लगायको उपस्थिती रहेको थियो ।

    कार्यक्रम विभिन्न नाराहरु लगाउदै सन्धिखर्क बजार परिक्रमा गरी शान्ति बँगैचामा आइ कार्यक्रम कोण सभामा परिणत भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij