२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • जीतपुर तौलिहवा सडक अवरुद्ध , स्थानीयद्वारा...
--3899

जीतपुर तौलिहवा सडक अवरुद्ध , स्थानीयद्वारा प्रहरी चौकीमा तोडफोड

जीतपुर तौलिहवा सडक अवरुद्ध , स्थानीयद्वारा प्रहरी चौकीमा तोडफोड

सोमवार, फाल्गुण २३ २०७८
सोमवार, फाल्गुण २३ २०७८
  • बुटवल । गयराती कपिलवस्तुको ओदारीमा भारतीय ट्रकले मोटर अटो रेक्सा चालकलाई ठक्कर दिएपछि लडेका ब्यक्तिलाई करिव ७०/८० मिटर जति घिसारेर मारेको भन्दै  स्थानीय आक्रोसित भएका हुन् । उक्त सवारी दुर्घटनामा एकजनाको ज्यान गएको विषयमा उत्पन्न तनावपछि प्रहरी चौकीमा स्थानीयले तोडफोड र आक्रमण गरेका छन् ।

    जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी दुर्घटनामा वडा न ११ का अनिल मगरको मृत्यू भएको हो ।अटो रेक्सा चालक रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।

    चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन ।ट्रकका चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै प्रहरी माथि आक्रोस पोखिएको हो । प्रहरीले गयराती नै वल प्रयोग गरेर शव उठाएपछि तनाव वढ्दै गएको हो । आज विहानै वाट प्रहरी चौकी घेराउ गरेर स्थानीय वसेका छन् ।

    कुनैपनि बेला थप तनाव हुने देखेपछि प्रशासनले शशस्त्र समेत परिचालित गरेको छ । राती दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेर भिड नियन्त्रणमा लिइएको थियो । तौलिहवा जीतपुर सडक रातीदेखिनै अवरुद्ध छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij