प्रेस चौतारी नेपाल लुम्बिनीको दाङको राप्ती उपत्याकामा २०७८ फागुन २१ गते सम्पन्न प्रथम अधिवेशनले निम्मानुसार घोषणापत्र जारी गर्दछ ः
१. श्रमजीवी पत्रकार ऐन पूणर्रुपमा कार्यान्वयन गर्दै पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेन्टी गर्न यो अधिवेशन सरकारस“ग जोडदार माग गर्दछ ।
२. न्युनतम पारिश्रमिक समितिले सिफारिस गरेको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्न सरकार र संचारमाध्ययमस“ग माग गर्दछ ।
३. कोरोना महामारी वा कुनै पनि बहानामा पत्रकारलाई पेशाबाट विस्थापित नगर्न र विस्थापित भएकालाई तत्काल पुर्नस्थापित गर्न सरकार र संचारमाध्ययमस“ग जोडदार माग गर्दछ ।
४. लुम्बिनी प्रदेशको प्रदेश संचारसम्बन्धी विधेयक संचारमैत्री र पत्रकार अनुकुल बनाउन माग गर्दछ ।
५.पत्रकारहरुको कोरोना विमाको रकम तत्काल उपलब्ध गराउन सरकार र सम्बन्धित विमा कम्पनी र पत्रकार महासंघस“ग माग गर्दछ ।
६. पत्रकार तथा संचारमाध्ययमलाई संचार उपकरण खरीद गर्न सहुलियत प्रदान गर्न र त्यसमा सबैको सहज पहु“च वृद्धि गर्न आग्रह गर्दछ ।
७.संघ, प्रदेश र स्थानीय तहका सरकारले संचारमाध्ययको सबलिकरण र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रयाप्त रकम विनियोजन गर्न र विनियोजित रकम पारदर्शी ढंगले परिचालन र कार्यान्वयन गर्न माग गर्दछ ।
८.सबै संचारमाध्ययमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगले वितरण गर्न तीन तहकै सरकारस“ग माग गर्दछ ।
९. संविधान बमोजिम तोकिएको मितिमा स्थानीय तहस“गै सबै तहका निर्वाचन शान्तिपूणर् र निश्पक्ष ढंगबाट सम्पन्न गर्न माग गर्दछ ।
१०. प्रेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरी अन्य वस्तुमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारस“ग माग गर्दछ ।
११.लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्याका घोषणा भएको क्षेत्रमा गुरुयोजना निर्माण, जग्गा प्राप्ति, भौतिक संरचना निर्माण लगायतका काम छिटोसम्पन्न गरी राजधानीको प्रशाशनीक काम थाल्न र राजधानी स्थापनाको निणर्य कार्यान्वयन लैजान माग गर्दछ ।
घोषणा पत्र प्रस्ताव लेखन समिति
१. दुर्गालाल केसी
२. अमृता अनमोल
३. विश्वराज पछल्डङ्ग्या
