२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--3892

शान्ति नमुनामा रक्तदान कार्यक्रम सम्पन्न

शान्ति नमुनामा रक्तदान कार्यक्रम सम्पन्न

आइतवार, फाल्गुण २२ २०७८
आइतवार, फाल्गुण २२ २०७८
  • बुटवल। रुपन्देहीको तिलोत्तमा वडा नं-५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा १ सय ८ जनाले रक्तदान गर्नुभएको थियो ।

    शान्ति नमुनासँगै  नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोतमाको संयुक्त आयेजनामा कार्यक्रम गरिएको हो । 
    विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीमा मानवीय सेवा भावको विकास गर्न यसले मद्धत गर्ने बताउनुभयो ।

    रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनी, मणिग्राम उपशाखाका सभापति टेक बहादुर थापा, नेपाल स्वयंमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

     यसैबीच, शान्ति नमुनाले वार्षिकोत्सवको मुल समारोह फागुन २४ गते गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आत्थ्यितामा हुने कार्यक्रममा छात्रवृति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, पत्रकार सम्मान,  नानी मुखपत्रको विमोचन,  पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij