२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • रूपन्देहीमा चार विद्यार्थी संगठनद्वारा फागुन २६...
--3889

रूपन्देहीमा चार विद्यार्थी संगठनद्वारा फागुन २६ गते संयुक्त प्रदर्शन गर्ने

रूपन्देहीमा चार विद्यार्थी संगठनद्वारा फागुन २६ गते संयुक्त प्रदर्शन गर्ने

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । अखिल (क्रान्तिकारी) सहित रुपन्देहीमा रहेका चार विद्यार्थी संगठनले संयुक्त संघर्ष गर्ने भएको छ । शुक्रबार बुटवलमा बसेको बैठकले अखिल (क्रान्तिकारी), अखिल (छैठौं), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल क्रान्तिकारीले शैक्षिक एवं तत्कालीन बिषयमा संयुक्त संघर्ष गर्ने निर्णय गरेको हो । 

    शुक्रबार साँझ संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रघाती सम्झौता एमसीसी संसद्बाट कथित व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको विरोधमा फागुन २६ गते बुटवलमा संयुक्त बिद्यार्थी विरोध प्रदर्शन÷सभा गर्ने बताएको छ । 

    साथै बैठकले नेपाल आयल निगमले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तथा दैनिक उपभोग्य वस्तुहरूमा गरिएको महङ्गीको खारेजी, कालोबजारी अन्त्य गर्न माग समेत गरेको छ ।

    वक्तव्यमा अखिल (क्रान्तिकारी),रूपन्देहीका उपाध्यक्ष पारस राहादी मगर, अखिल (छैंठौ), रूपन्देही सचिव मिलन परियार, वैज्ञानिक समाजवादी बिद्यार्थी संगठन,रूपन्देहीका तुलराज बिश्वकर्मा, अखिल (क्रान्तिकारी), रूपन्देही अध्यक्ष संग्राम भीउ थापाले हस्ताक्षर गरेका छन् । 

    यस्तो छ वक्तव्यको पूर्णपाठ :

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij