२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एमसीसी कार्यान्वयन हुन नदिन चरणबद्ध सङ्घर्ष...
--3887

एमसीसी कार्यान्वयन हुन नदिन चरणबद्ध सङ्घर्ष गर्छौं : गजुरेल

एमसीसी कार्यान्वयन हुन नदिन चरणबद्ध सङ्घर्ष गर्छौं : गजुरेल

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसी संसदबाट पास भएपनि जनताले पास नगरेको भन्दै यसलाई कार्यान्वयन हुन नदिन चरणबद्ध संघर्षको नेतृत्व गर्ने बताएका छन् । उनले चीनलाई घेर्नका लागी एमसीसी पारित गरिएको बताए । नेता गजुरेलले यसको शिकार नेपाल हुने बताउदै यसका लागी कुनै पनि हालतमा कार्यान्वयन हुन दिन नहुने बताए । 

    उनले संसदले एमसीसी पारित गरेपनि यसलाई खारेज गर्न सकिने भन्दै नेपालमा पनि यसलाई जनस्तरबाट यसलाई खारेज गर्नुपर्ने बताए । उनले साम्राज्यवादको पक्षमा व्याख्यात्मक घोषणा गरेर गम्भीर राष्ट्रघात गरेको बताए । उनले सरकारले जनतामाथि निर्मम दमन गरेर संसदबाट एमसीसी पास गरिएको भन्दै यसका विरुद्ध संघर्षलाई अगाडी बढाउनु आवश्यक भएको बताए । 

    उनले एमसीसी पास भएपछि शासकहरु चुप लागेर बस्छन् भन्ने कुरा भ्रम भएको बताउदै युवाहरु र नेपाली जनता सडक संघर्षमा उर्लिएको बताए । उनले यस विरुद्धको संघर्षलाई चरणबद्ध अगाडी बढाउने बताए । 

    उनले अहिले आन्दोलन राँको बनेर आउने बताउदै एमसीसी पक्षधरहरुभित्र समेत तीब्र अन्तरविरोध भएको बताए । माके र एकीकृत समाजवादीभित्र रहेका देशभक्तहरुले विद्रोह गर्नुपर्ने बताउदै त्यसका लागी मोर्चा स्वागत गर्न तयार रहेको बताए । उनले राष्ट्रघात गर्ने संसदको औचित्य नभएको बताए ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij