बुटवल । नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमसीसीका दलालहरुलाई लातले हान्नुपर्ने बताए । अध्यक्ष कट्टेलले एमसीसीको राष्ट्रघातबारे धेरै ब्याख्या भएको भन्दै अब यतिले मात्रै नपुग्ने बताए । उनले देशको कुनाकुनामा एमसीसीको राष्ट्रघातबारे पुर्याउनुपर्ने भएको भन्दै यसका विरुद्धको संघर्षमा जागरुक बनाउनुपर्ने बताएका छन् ।
उनले देश गम्भीर संकटमा परेको भन्दै यसलाई रोक्नका लागी जनक्रान्तिबाहेक विकल्प छैन । यसका लागी मोर्चाले जनतालाई अपिल गरेको बताए ।
उनले आफुलाई विकास विरोधीको रुपमा गलत प्रस्तुत गरिएको भन्दै आफुहरु अनुदानको विरोधी नभएको बताए तर सडक विस्तार र विद्युतको विस्तारको काम सडक विभाग र विद्युत प्राधिकरणलाई दिए हुने बताए । एमसीसीस हिन्द प्रशान्त सैन्य रणनीतिको अंग भएको भन्दै यसलाई कार्यान्वयन गर्न दिन नहुने बताए । उनले अमेरिकाले फेरि अर्को खम्बा विद्रोह गराउन खोजेको बताए ।
एमसीसी विरुद्धको संघर्ष जीवनमरणको संघर्ष भएको भन्दै नेपालले युक्रेनको अवस्था भोग्नुपर्ने अवस्था आउने बताए । उनले अमेरिका युद्धव्यापारी भएको भन्दै यसका विरुद्ध संघर्ष जरुरी भएको बताए ।
