बुटवल । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले हामी जिउँदो हुँदासम्म एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् । उनले एमसीसी कुनै अनुदान नभएको भन्दै नेपालको जलसम्पदा बहुराष्ट्रिय कम्पनीलाई सुम्पनका लागी ल्याइएको बताए ।
प्रचण्ड र माधव नेपालले व्याख्यात्मक घोषणा भनेर जनतालाई झुठ बोलेको बताउदै भियना कन्भेक्सनमा यसबारे कुनै बुँदा नभएको बताए । भियना कन्भेन्सन अन्तर्राष्ट्रिय सन्धिहरुको कानुन भएको भन्दै दुईवटै देशको हस्ताक्षर भएको सहमति मात्रै कानुन बन्ने बताए । उनले एमसीसी कुनै संशोधन नभएको भन्दै यसमा भएका देशघाती बुँदाहरु व्याख्यात्मक घोषणाले नफेरिएको बताए ।
दुश्मनका गलत व्याख्याहरुको खण्डन नगरी उनीहरुप्रति घृणा उत्पन्न गर्न नसकिने बताउदै आहुतिले एमसीसी प्राकृतिक स्रोत साधनमाथिको नाङ्गो हस्तक्षेप भएको बताए । संसदवादी भित्रका केही नेताहरु देशभक्तहरुको सभामा आएर बोल्न केही रोकेको हो ? आहुतिले प्रश्न गर्दै संसदभित्र बसेर देशभक्ति हुने कुरा असम्भव भएको बताए । उनले संसदवादी र देशभक्तहरु कहिल्यै एकैठाउँमा कहिल्यै हुन नसक्ने बताए ।
एमसीसी जनताले पारित नगरेको भन्दै संसदले गरेको निर्णय उल्टाउनेपर्ने आहुतिले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिलाई उलंघन गरेको भन्दै यसको विरुद्ध संघर्षको विकल्प नभएको बताए । उनले साम्राज्यवाद विरोधी शक्तिशाली मोर्चा बनाउनु जरुरी भएको बताउदै यो बिषयले मोर्चामा छलफलको प्रवेश गरेको समेत बताए ।
