२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • दलाल शासकहरुले सत्ता सम्झौताका लागी एमसीसी...
--3884

दलाल शासकहरुले सत्ता सम्झौताका लागी एमसीसी पास गरे : पुरी

दलाल शासकहरुले सत्ता सम्झौताका लागी एमसीसी पास गरे : पुरी

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । नेकपा मसालका प्रवक्ता रामप्रसाद पुरीले दलाल शासकहरुले सत्ता सम्झौताका लागी एमसीसी पास गरेको बताएका छन् । उनले नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकी साम्राज्यवादको पक्षमा मत हालेको भन्दै एमसीसीका कारण त्यसो गरिएको बताए । 

    उनले एमसीसी आर्थिक सहयोगको नाममा अमेरिका सेना नेपाल आउन खोजिरहेको भन्दै यो हिन्द प्रशान्त रणनीतिको अंग भएको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधन बेचेर चोरहरुले देशलाई कंगाल बनाएको भन्दै यो कुनै हालतमा सह्य नहुने बताए । 

    उनले कांग्रेसले देश बेच्दै आएको भन्दै देशको रक्षाका लागी कहिल्यै खुट्टा नकमाउने बताए । देशको रक्षाका लागी गोली खान समेत तयार हुनुपर्ने बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij