२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • शक्ति राष्ट्रको क्रिडास्थल बनाउन एमसीसी पास...
--3883

शक्ति राष्ट्रको क्रिडास्थल बनाउन एमसीसी पास गरियो : केसी

शक्ति राष्ट्रको क्रिडास्थल बनाउन एमसीसी पास गरियो : केसी

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा एमसीसी सम्झौता अनुदान भनिएपनि अमेरिकाको लगानी भएको बताएका छन् । नेता केसीले नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बनाउने खेल भएको भन्दै यो एमसीसी अनुदानको नाममा राष्ट्रघात भएको बताए । 

    संसदमा भएका केही दलले व्याख्यात्मक प्रस्तावको नाममा जनतालाई भ्रम दिइएको भन्दै प्रचण्ड र माधवले भनेर यसका आपत्तिजनक बुँदाहरु खारेज हुन नसक्ने बताउनुभयो । उनले देशको सार्वभौमसत्ता बेचेर खाएको भन्दै वामपन्थीको नाममा खामपन्थी भएको बताए । उनले देशका नदीनाला बेचेर खाएको भन्दै एमसीसी अमेरिकी सेना हुल्ने कदम भएको बताए । 

    उनले कांग्रेसका कारण देश कंगाल बन्दै गएको भन्दै देशको अस्तित्व नै संकटमा पर्दै गएको बताए । युवाहरु विदेशीन बाध्य भएको भन्दै साम्राज्यवादका दलालहरु घुस खाएर देश टाँट पल्टिएको बताए । उसले न्यायपालिका समेत क्षतविक्षत भएको भएको भन्दै यही बेला शक्ति राष्ट्रले हातमा लिएर प्राकृतिक स्रोत साधन लुट्न खोजिरहेको बताए ।

    देशभक्त नेपालीहरुले देश विदेशमा बसेर एमसीसी विरुद्ध संघर्ष गर्दै खारेज गर्न माग गरिरहेको भन्दै यसलाई कार्यान्वयन गर्न दिन नहुने बताए । 

    उनले प्रजातान्त्रिक समाजवादको गीत गाएर कांग्रेसले देश बेचेको बताए । उनले एमसीसी मार्फत् देशलाई सिरिया, इराक र अफगानिस्तान बनाउन खोजेको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij