२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3880

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मुल्य बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो एक सातामा मात्रै सुनको भाउ १ हजार ९०० रुपैयााले बढेको हो । गत शुक्रबार छापावाल सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो । रुस युक्रेन बीचको भएको युद्ध रोक्ने विषयमा भएको वार्ताले सकारात्मक मोड लिन नसकेपछि विश्व बजारमा पहेँलो धातु सुनको मूल्य आकासिएको हो ।

    महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन एकैदिन तोलामा ९०० रुपैयाँले बढेको हो । शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ तोकिएको छ ।

    बिहीबार छापावाला सुन तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुन ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    सुनको भाउ बढेपनि चाँदीको भाउ भने आज स्थीर रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ । बिहीबार ५ रुपैयाँले बढेर चाँदी आजकै मूल्य अर्थात तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ९३९ डलर तथा चाँदी प्रतिऔंस २५.२१ डलरमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij