२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3877

एफइसी सहकारीद्वारा स्वर्गीय भुसालको परिवारलाई सहयोग

एफइसी सहकारीद्वारा स्वर्गीय भुसालको परिवारलाई सहयोग

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • रूपन्देही । तिलोत्तमा  एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य बाबुराम भुसालको निधन भएकोमा उनको परिवारलाई शोक अनुदान प्रदान गरेको छ । सहकारीका शेयर सदस्य तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारी निबासी भुसालको यही फागुन ११ गते निधन भएको थियो ।

    सहकारीले भुसालको घरमै पुगेर स्वर्गीय भुसालको परिवारलाई शोक अनुदान रकम प्रदान गरेको हो । राहतस्वरुप सहकारीले संस्थाको शेयर सदस्य कल्याणकारी कोषबाट एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलले स्वर्गीय भुसालका बुबा पशुपति लम्साललाई चेक हस्तान्तरण हस्तान्तरण गरेका थिए ।

    शोक अनुदान रकम प्रदानका अवसरमा संस्थाका सल्लाहकार, कार्यसमितिलगायतको उपस्थित थियो । त्यस अवसरमा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सहकारीको बारेमा प्रकाश पारेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij