२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3876

विद्यालयको स्टोर कोठामा आगजनी

विद्यालयको स्टोर कोठामा आगजनी

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । सहिद स्मृती आधारभूत विद्यालय बुटवल-११ को स्टोर कोठामा आगजनी गरिएको छ । बिहीबार दिउँसो अपरिचित व्यक्ति विद्यालयको कम्पाउन्डभित्र प्रवेश गरी आगजनी गरेको स्थानीयले बताएका छन् ।

    आगजनीबाट स्टोर कोठामा रहेका विभिन्न शैक्षिक सामग्री, फाईलहरु, विभिन्न भौतिक संरचनालगायतका सामग्री जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक प्रकाश गौतमले जानकारी दिए । आगजनी कसले र किन गर्‍यो भन्ने बारेमा थाहा हुन नसकेको उनले बताए । आगजनीबाट करिव चार लाख रुपियाँको क्षति भएको विद्यालयले जनाएको छ ।

    बिहीबार विदाको दिनमा आगजनी गरिएकाले विद्यालयमा कर्मचारी, शिक्षक कोही पनि थिएनन् । विद्यालयमा आगजनी भएको देखेपछि स्थानीयले विद्यालय परिवारलाई खवर गरेका थिए । स्थानीय अभिभावक,  बुिद्वजीवि, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा लिइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij