२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3874

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले  बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो ।

    मूल्य बढेसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

    यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ ।

    निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij