२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • देश परिबर्तनका लागि पत्रकारको महत्वपुर्ण भुमिका...
--3869

देश परिबर्तनका लागि पत्रकारको महत्वपुर्ण भुमिका रहेको छ :उपप्रमुख विक

देश परिबर्तनका लागि पत्रकारको महत्वपुर्ण भुमिका रहेको छ :उपप्रमुख विक

बुधवार, फाल्गुण १८ २०७८
बुधवार, फाल्गुण १८ २०७८
  •  

    अनिल नेपाली,अर्घाखाँची । देशमा लोकतन्त्र र गणतन्त्र सघीयता ल्याउनमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको सन्धिर्खक नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक बताउनुभएको छ ।

     बुधबार सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको महिला पत्रकारहरुको क्षमता अभिबृद्धि कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख विकले यस्तो बताउनुभएको हो ।
     
    विकले पत्रकारले नै देशमा भएका ठुला ठुला आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेकोले नै आज परिबर्तन सम्भब भएको बताउँदै पत्रकार पेशा आफैमा चुनौतीपुर्ण रहेता पनि समाज परिबर्तनको अभिन्न अङ्ग भएकोले पत्रकार आचार सहितामा केन्द्रित रही महिला प्रशिक्षार्थी पत्रकारलाई तालिमलाई उपलब्धी मुलुक बनाउन आग्रह गरि तालिम पछि व्यबसायिक पत्रकारिता गर्न आग्रह समेत गरे । 

     कार्यक्रममा पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनालले पत्रकार पेशालाई मर्यादित बनाउनको लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै तालिमलाई उपलब्धीमुलक बनाउनको लागि समेत आग्रह गरे । २ दिन सम्म चल्ने पत्रकारिता तालिममा १५ जना महिला प्रशिक्षार्थी पत्रकारको सहभागिता रहेको छ ।

     शाखा प्रमुख बेल कुमारी परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका सहसचिब हृदय कुमार भुसाल अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij