बुटवल । नेकपाका महासचिव विप्लव नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटघाट भएको छ । एमसीसी संसदबाट पास भएपछि नेकपा महासचिव विप्लवले राजधानीमा विभिन्न दलका शीर्ष नेताहरुसित भेटघाट गर्नुभएको छ । भेटघाटमा नेकपा प्रवक्ता प्रकाण्ड, नेमकिपाका नेता प्रेम सुवालको समेत सहभागिता रहेको छ ।
भेटघाटमा एमसीसी विरुद्ध संघर्षमा सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी एवं कम्युनिस्टहरुले संयुक्त संघर्षमा गर्न आवश्यक रहेको बेला महासचिव विप्लवले राष्ट्रियताका पक्षधर विभिन्न दलका शीर्ष नेताहरुसित भेटघाटलाई तीव्रता दिनुभएको हो ।
आजै विहान विप्लव र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसित भेटघाट भएको थियो । महासचिव विप्लवले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
नेमकिपाले संसदमा एमसीसीको विरोध गर्दै आएको छ भने नेकपासहित ८ दलले सडकमा संयुक्त संघर्ष आएको छ ।
