२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपासहित आठ दलद्वारा एमसीसी सम्झौताविरुद्ध सङ्घर्ष...
--3865

नेकपासहित आठ दलद्वारा एमसीसी सम्झौताविरुद्ध सङ्घर्ष घोषणा

नेकपासहित आठ दलद्वारा एमसीसी सम्झौताविरुद्ध सङ्घर्ष घोषणा

एमसीसी राष्ट्रघातको शृङ्खला भएकोले यसको खारेजीका लागी संघर्ष : प्रकाण्ड

बुधवार, फाल्गुण १८ २०७८
बुधवार, फाल्गुण १८ २०७८
  • बुटवल । नेकपासहित आठ दलद्धारा एमसीसी सम्झौताका विरुद्ध संघर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार प्रज्ञा भवनमा पत्रकार सम्मेलनमार्फत संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

    विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै नेकपा प्रवक्ता प्रकाण्डले अमेरिकाले नेपालको सार्वभौमिकसत्तामाथि प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै यो नेपाली स्वाधीनतामाथि खतरा रहेको बताउनुभयो । एमसीसी विकास परियोजनाको नाममा हिन्द प्रशान्त रणनीति जोडिएर आएको बताउदै विगतको राष्ट्रघातको शृङ्खला भएकोले यसको खारेजीका लागी संघर्षको विकल्प नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा ८ दलका नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो । 

    पत्रकार सम्मेलनमा विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।

    त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij