कञ्चनपुर । राष्ट्रघाति सम्झौता एमसीसी विरुद्ध नेकपा लगायत अन्य ६ दल २ मोर्चाले विगत केही दिनबाट निरन्तर संघर्ष गरिरहदा पनि सेर बहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाति एमसीसी
सम्झौता संसदबाट अनुमोदन गरेको भन्दै राष्ट्रघाति दलालहरु सेर बहादुर देउवा,केपि शर्भा ओलि,पुष्पकमल दहाल प्रचण्ड र माधव कुमार नेपालको मुर्दा बनाएर युवा संगठन नेपाल कञ्चनपुर ले जलाएको छ।
सयुक्त मोर्चाले आजै मात्र पनि २० गते बाट थप संघर्षका कार्यक्रमहरुको विज्ञप्ति सार्वजनिक गरेको कुरा युवा संगठन नेपाल कञ्चनपुर जिल्ला उपाध्यक्ष दिपेन्द्र ऐरीले बताएका छन।
केन्द्रीय मोर्चाले अघि सारेका संघर्षका कार्यक्रमहरु सशक्त तरिकाले संघर्ष गर्ने उनको भनाइ रहेको छ ।
सोही मुर्दा जलाउने कार्यक्रममा उक्त नाराहरु लगाउदै कार्यक्रम सम्पन्न गरेका छन ।
राष्ट्रघाति दलालहरु मुर्दावाद
राष्ट्रघाति सम्झौता एमसीसी निर्णय फिर्ता गर।
नालायक देउवा सरकार मुर्दावाद
कञ्चनपुरका सांसदहरूलाई सशक्त जनकारबाही गरौं ।
