२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3856

देश मात्र होइन बिदेशमा पनि एमसिसीको बिरोध

देश मात्र होइन बिदेशमा पनि एमसिसीको बिरोध

मंगलवार, फाल्गुण १७ २०७८
मंगलवार, फाल्गुण १७ २०७८
  • बुटवल । नेपाल सरकारले अमेरिकी सहयोग एमसिसी संसदबाट जवर्जस्ती पारित गरेपछि नेपालको राजनितिक तरंग संगै आम नेपाली जनताको चर्को विरोध भइरहेको छ । आन्दोलन एमसिसी खारेज नहुदा सम्म निरन्तर चलिरहेको देखिन्छ ।

    एमसिसीको बिरोध देशमा मात्र नभइ गाँस बाँस को जोहो गर्ने भारत गयका देशभक्त प्रवासि नेपालीहरुको एक मात्र संगठन प्रवासी नेपाली जनसमाज, भारत ले भारतमा नेपाली राजदुतावासको अगाडि अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध चर्काे बिराेध गरेका छन। जनसमाज भारतका केन्द्रीय महासचिव विष्नु मल्लकाे नेतृत्वमा केन्द्रीय सचिव गाेविन्द पाण्डे केन्द्रीय काेषाध्यक्ष दिपक तिरुवा लगायत केन्द्रीय सदस्यहरु र दिल्ली राज्य संयाेजन समिति पंजाव राज्य, उत्तर संयुक्त राज्य र हरियाण राज्यबाट उपस्थिति रहेको थियो ।

    बाह्र खम्बा नयाँ दिल्ली स्थित नेपाली राजदुतावास अगाडि एमसिसि को चर्काे बिरोध गर्नुकाे साथै नाे एमसिसि, रिजेक्ट एमसिसि, एमसिसी चाहिदैन देशलाई गुलाम बनाउन पाइदैन, गो बेक एमसिसी, दलालहरुलाइ समाजिक बहिष्कार गरौ, दलाल संसदीय ब्यबस्था मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद, दलाल सरकार होसमा आओ लेखियका प्ले कार्ड सहित नारा लगायर बिरोध गर्नुकाे साथै प्रदर्शन गरिएका छ । केन्द्रिय कोषअध्यक्ष दिपक तिरुवा को संचालनमा भएको बिरोध सभा मा बोल्दै महासचिव र सचिवले अमेरिकी मलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसि राष्ट्र घाति रहेको र यो नेपाली जनताको हित बिपरित रहेको र एमसिसिले दीर्घकालीन रुपमा यसले नेपालमा पार्ने असर वारे आफ्नो बिचार राख्नुका साथै यसको बिरोधका लागि हरेक देश भक्त नेपाली जनताले आफ्नो ठाउँबाट उठेर बिरोध गरि यो पास भए पनि लागू गर्न नसक्ने वातावरण बनाइन सबैलाइ आग्रह गर्नु भएको छ ।

    कार्यक्रमको अन्त्य अन्त्यमा भारतीय प्रशासनले हस्तक्षेप गर्ने कोसिस गरेर पनि बिरोध सभाको नेतृत्वहरुले प्रशासन संग आफ्नो राष्ट्रियताको बिसयमा प्रतिवाद गरे पछि अन्त्यमा प्रशासनले बिना अनुमति कुनै पनि कार्यक्रम गर्न नपाउने आफ्नो कुरा राखेर हस्तक्षेप नगरी फर्किएको जनसमाजका एक सदस्यले बताउनु भयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij