२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • रूपन्देहीमा गिरफ्तार भएका सम्पूर्ण नेता कार्यकर्ता...
--3848

रूपन्देहीमा गिरफ्तार भएका सम्पूर्ण नेता कार्यकर्ता रिहा

रूपन्देहीमा गिरफ्तार भएका सम्पूर्ण नेता कार्यकर्ता रिहा

सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  • पदम पराजुली । बुटवल । नेपाल बन्दको क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहा भएका छन् । सोमबार रुपन्देहीमा शान्तिपूर्ण नेपाल बन्दको क्रममा प्रदर्शन गरिरहेको बेला बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेका नेता कार्यकर्ता साँझ ६ बजेपछि रिहा भएका हुन् । 

    बन्दको क्रममा शान्तिपूर्ण नारा जुलुस गरिरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी)का पिबिएम प्रेम सुवेदी, वामपन्थी नेता एवं कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमोका लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोखरेल, नेकपा बुटवल उपमहानगरपालिका सेक्रेटरी विरेन्द्र विक, अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरलगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । 

    त्यसैगरी नेपाल बन्दको क्रममा साँझ ५ बजे कोणसभा पश्चात खुलेको जानकारी गराइएको छ । रुपन्देहीमा नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले गरेको सशक्त नेपाल बन्द पस्चात कोणसभा मार्फत बन्द खुलेको जानकारी गराइएको हो।

    रुपन्देहीको बुटवल पुरानो बसपार्क कोणसभा आयोजना गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सदस्य एन्बि शाहीले दलालहरुले सदनबाटसम्झौता अनुमोदन गरेपनी सडकबाट कुनैपनी हालतमा लागू हुन नदिने जिकिर गर्नुभएको थियो।

    उहाले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्ने प्रचण्ड,शेर बहादुर,माधव नेपाल लगाएतका नेतालाइ अपराधी समेत घोषणा गर्नुभएको थियो कोणसभालाइ सम्बोधन जनोमोर्चाको जिल्ला सचिव तान व.खत्री ,क्रान्तिकारी माओवादी प्रदेश कमटी सदस्य प्रगति रानाले लगाएतले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नेकपा जिल्ला सदस्य आत्म पौडेलले गर्नुभएको थियो ।

    तश्वीर– विहानी मगर, श्रीधर ज्ञवाली

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij