बुटवल । रूपन्देहीका ६ राजनिति दल र दई मोर्चाद्वारा एमसिसी विरुद्ध घोषित कार्यक्रम अन्तर्गत शान्तीर्पूण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भएको छ । सो कार्यक्रममा शान्तिपूणर् तरिकाले बन्द गर्दा बुटवलको नयाँ बसपार्क क्षेत्रबाट नेकपा सहित नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, तथा जबस मोर्चाका नेता तथा कार्यकर्ता गरी १७ जनालाई प्रहरीद्वारा गिरफ्तार गरिएको छ ।
गठबन्धन सरकारले अमेरिकी सहयोग एमसिसी अनुदानका रुपमा आएकोे विषयलाई संसदबाट जवरजस्ती पास गरेकोले एमसिसी खारेजीको माग गर्दै देश व्यापी रुपमा विभिन्न राजनिति दल, मोर्चा तथा आम नेपाली जनताले स्वस्फुर्त विरोध गरिरहेका छन् ।
शान्तिर्पूण आन्दोलनमा गिरफ्तार सम्र्पूण कमरेडहरुको शिघ्र रिहाइको माग गर्दै संयुक्त विज्ञप्ती मार्फत जनाइएको छ ।
विज्ञप्तीको र्पूण पाठ.............
|. प्रेस वक्तव्य राष्ट्रघाती एमसीसी परियोजना विरूद्व जनता सडक सङ्घर्षमा उत्रिएको बेला देउवा सरकार बर्बर दमनमा उत्रिएको छ । रूपन्देहीमा शान्तिपूर्ण नेपाल बन्दको क्रममा नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य प्रेम सुवेदी, वामपन्थी नेता तथा कम्युनिस्ट संग्रहालय नेपाल अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोखरेल, नेकपा बुटवल उपमहानगर सेक्रेटरी बिरेन्द्र बिक, अखिल नेपाल लेखक संघ महासचिव खोमा तरामु मगर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य खगेन्द्र पौडेल, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य साया सापकोटा, जिल्ला अध्यक्ष इन्दु ओली, श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय कोषाध्यक्ष जानुका बराह, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष पारस राहादी मगर लगायत अशोक सुनार, शेर बहादुर महर्जन, बसन्ती रेश्मी, माधव न्यौपाने, सरिता बराह, लाल प्रसाद पोख्रेल रदर्शन गुरुङ्गलाई देउवा सरकारले गिरफतार गरेको छ । हामी राज्यको यसप्रकारको दमन र धरपकडको घोर निन्दा एवं भर्त्सना गर्दै गिरफतार हुनुभएका सम्पूर्ण कमरेडहरूलाई यथाशिघ्र रिहाइ गर्न माग गर्दछौं । हिन्द प्रशान्त रणनीति अन्तर्गत रहेको एमसीसी सम्झौतालाई देउवा सरकारले संसदबाट पास गरेको विरुद्धमा ९ राजनीतिका पार्टी र २ मोर्चा सङ्घर्षमा उत्रिन सम्पूर्ण देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रवादी, वामपन्थी एवं जनसमुदायमा अपिल गर्दछौं । नेपाल बन्दको शान्तिपूर्ण सङ्घर्षलाई सहयोग गर्ने जिल्लाबासी सम्पूर्ण जनसमुदायलाई धन्यवाद ज्ञापन समेत गर्दछौं । फागुन १६, ०७८

