बुटवल । नेपाल सरकारले अमेरिकी सहयोग एमसिसी संसदबाट जवर्जस्ती पारित गरेपछि नेपालको राजनितिक तरंग संगै आम नेपाली जनताको चर्को विरोध भइरहेको छ । आन्दोलन एमसिसी खारेज नहुदा सम्म निरन्तर चलिरहेको छ ।
एमसिसीको बिरोध देशमा मात्र नभइ जहा जहा देश भक्त नेपालीहरु छन् त्यहा पनि त्यसको विरोध भइरहेको समाचार प्राप्त भएको छ भारतमा नेपाली राजदुतावासमा विरोध कार्यक्रम सहित विदेशमा रहकोे नेपालीहरुको संगठन प्रवासी नेपाली जनसमाज भारतले पनि विरोध स्वरुप विज्ञप्ती जारी गरेको छ ।
विज्ञप्तीको पूृण सार..........
विषय ः— प्रेस–बिज्ञप्ति
नेपाल सरकार र अमेरिकाको एमसीसी (मलेनियम च्यालेन्ज कर्परसन) का बीच सन् २०१७ मा राष्ट्रघाती सम्झौता गरी नेपाललाई विद्युतप्रसारण लाइन र सडक विस्तार गर्ने भनेर रु ५६ अर्ब अनुदान दिइने र सो अनुदान संझौताले नेपालको विकास निर्माण र गरिबी निवारणका नाममा अमेरिकी साम्राज्यवादी शासक वर्गहरुले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन चर्काै दवाव दिदै आएको थियो । अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुदा पनि त्यसको प्रतिवाद गर्नुको साटो सम्पुर्ण संसदीय दलहरु जनताको आखामा छारोहाली ब्यख्यात्मक टिप्पणी गर्दै यहि फागुन १५ गते तदनुसार २०२२ फेबुअरी २७ तारिखका दिन कथित बहुमतले एमसीसी परियोजनालाई अनुमोदन गरेका छन् ।
नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशिल राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसिसी पारित गर्ने मुर्खता गरेको छ । यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन्छ । विषयको यही संवेदनशिलतालाई दृष्टिगत गरी सबै देशभक्त शक्तिहरु एक भइ जनसंघर्षको कार्यक्रम घोषणा गरि राष्ट्रिय स्वाधीनताको संघर्षमा सहभागी हुन्न हाम्रो संगठन हार्दिक अनुरोध गर्दछौ ।
हाम्रो संगठन प्रवासी नेपाली जनसमाज, भारत अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाइगो दलाली गरि एमसिसी परियोजना संसदबाट अनुमोदन गरेकोमा घोर विरोध र तीब्र भत्सर्ना गर्दछ । साथै, देशको राष्ट्रिय स्वाधीनतामाथि गंभीर खतरा मडारिइरहेको वतमान स्थितिमा एमसीसी परियोजनालाई खारेन गराउन र देशको स्वाधिनताको रक्षा गनका लाग सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा कान्तिकारी पार्टी, समुदाय र व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछौँ । यो बेला देशभक्तहरु टुक्राटुक्रामा पार्टी भित्र सानो सानो गुटमा रमाउने होइन । ब्यक्तिगत स्वार्थबाट मुक्त भइ राष्ट्रिय झण्डा आवद्ध भइ दलालहरुका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षमा सहभागी अुने बेला हो । देशभक्तहरु एक हौ दलाल संसदीय ब्यबस्थाका विरुद्ध संघर्ष गरौ । राष्ट्रघाती लेण्डुपेहरुलाई समाजिक बहिस्कार गरौ र जाहा भेट्यो त्यही जनस्थरबाट कार्वाही गरौ ।
क्रान्तिकारी अभिवादनसहित
आजाद सेन थापा
अध्यक्ष
केन्द्रिय समिति

