२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3836

नेपाल बन्दले शुदुरपश्चिम ठप्प

नेपाल बन्दले शुदुरपश्चिम ठप्प

सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  •  


    मनोज रावत, धनगढी । राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेसँगै शुदुर पश्चिमका ९ वटै जिल्लामा पनि बन्दको पूर्ण प्रभाव परेको छ । शुदुर पश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र वैतडी लगायतका जिल्लामा सशक्त बन्द रहेको छ ।

    बन्दका कारण शुदुर पश्चिममा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता  बिहानैदेखि महेन्द्रनगर, डडेल्धुरा बागबजार, बैतडी लगायतका जिल्लाका सडकमा उत्रिएका छन् ।

    शुदुर पश्चिमको कञ्चनपुरका सडकमा बिहानै टायर बालेर बन्दकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए । राष्ट्रघाती एमसिसि बिरुद्ध सडकमा उत्रिएका बन्दकर्तालाई प्रहरीले लाठिचार्ज गरेको थियो ।

    नेपाल बन्द गराउदै हिडेका   नेकपा कञ्चनपुर भीमदत्तनगर सचिब दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सह सचिब हरिश ऐरीलाई प्रहरीको लठ्ठी चार्जले घाइते भएका छन् ।

    उनि दुवैको टाउकोमा चोट लागेको नेकपा कञ्चनपुरले बताएको छ । 

    बन्दकर्ताहरूले एम्बुलेन्स, पानी र दू‌ध बोक्ने गाडी, प्रेस, कूटनीतिक नियोगका गाडी चल्न दिएका छन् भने अरू प्रायः सबै बन्द छन् । बन्दमा जनसमुदायको व्यापक समर्थन देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij