२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • कन्चनपुरमा अमर्यादित ढंगले बन्दकर्ता माथि प्रहरीको...
--3833

कन्चनपुरमा अमर्यादित ढंगले बन्दकर्ता माथि प्रहरीको दमन 

कन्चनपुरमा अमर्यादित ढंगले बन्दकर्ता माथि प्रहरीको दमन 

सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  •  

    गणेश एसके,कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा बन्दकर्तालाई प्रहरीले लाठी प्रहार गरेको छ ।

    बन्द गराउने क्रममा नेकपा कञ्चनपुर भीमदत्तनगर सचिब दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सह सचिब हरिश ऐरीलाई प्रहरीले लठ्ठीले टाउकोमा हानेर घाइते बनाएको छ ।

    यो विषयमा हामीले नेकपा जिल्ला सचिव जीवन परियारलाई बुझ्दा राष्ट्र हितको लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन गर्न खोजेको छ त्यो दमनलाई आफूहरूले सशक्त रूपले रुपले प्रतिकार गर्ने उनले बताए ।

    नेता परियारले भने, “देश को राष्ट्रियता संकटमा रहेका बेला सबैले यो बन्दलाई,आन्दोलनलाई सहयोग समर्थन गर्नुपर्छ ।

    प्रहरीले दमन गर्ने नीति तत्काल रोक्नु पर्छ नरोके असहज स्थिति पैदा हुन सक्ने चेतावनी दिएका छन ।” यो अमर्यादित गतिविधि लाई प्रहरीले तत्काल रोक्नु पर्छ र जनताको जायज मुद्दालाई सहयोग गर्नुपर्ने उनको भनाई छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij