२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • बुटवलमा नेपाल बन्दको प्रभाव, विहानैदेखि बजार,...
--3831

बुटवलमा नेपाल बन्दको प्रभाव, विहानैदेखि बजार, सडक र यातायात बन्द 

बुटवलमा नेपाल बन्दको प्रभाव, विहानैदेखि बजार, सडक र यातायात बन्द 

सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  • बुटवल । एमसीसी सम्झौता संसदबाट पास भएपछि ६ कम्युनिस्ट पार्टी र मोर्चाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा विहानैदेखि परेको छ । बन्दका कारण बजार क्षेत्र, राजमार्गहरु बन्द भएका छन् । 

    बुटवलको क्षेत्रको सम्पूर्ण बजार, स्कूल, लामो दुरीका यातायात, राजमार्गहरु बन्द रहेका छन् । बुटवलको अमरपथ, ट्राफिक चोक, राममन्दिरलाइन, चौराह, मिलनचोक, बसपार्कलगायतका क्षेत्र पूर्णरुपमा बन्द भएका छन् । 

    बन्दकर्ताहरु राजमार्गमा निस्किएका छन् । अब केहीबेरमा संयुक्त संघर्ष सम्बद्ध नेता कार्यकर्ताहरु सडकमा निस्किएर शान्तिपूर्ण जुलुस निकाल्ने तयारी गरिरहेका छन् । बजारका चोकचोकमा सुरक्षाकर्मी रहेका छन् । 

    एमसीसी राष्ट्रको अहितमा भएको भन्दै जनता आक्रोशित भएका छन् । लामो समयदेखि जनता स्वतस्फुर्त रुपमा सडकमा निस्किएर संघर्ष गरिरहेका थिए । 

    बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडी, शववाहनका गाडीहरु चल्न दिने बताइएको छ । नेपाल बन्द साँझ ५ बजेसम्म रहने आयोजकले बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij