पदम पराजुली । बुटवल । रुपन्देहीको बुटवलमा राष्ट्रघाती एमसीसी सम्झौता विरूद्व १६गते गरिएको नेपाल बन्दको पुर्वसन्धाआइतबार साँझ मसाल जुलुस सम्पन्न भएको छ ।अखिल क्रान्तिकारी रुपन्देहीको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, राष्ट्रघाती एमसीसी खारेज गरौं भन्दै बुटवल देबिनगर हाट्बजार चोक देखि बुद्दनगर चोक सम्म मसाल जुलुस गरेका छन् ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा बुटवल उपमहानगरपालिका सेक्रेटरी विरेन्द्र विकले विकास परियोजनाको बहानामा अमेरिकी सहयोगको रुपमा आउने भनिएको राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज गरिनुपर्ने बताउनुभयो ।एमसीसी सम्झौता यदि संसदबाट अनुमोदन भयो भने नेपाल नरहने बताउदै नेता विकले एमसीसी परियोजना कुनै सहयोग र अनुदान नभई नेपालको स्रोत साधनमाथि कब्जा जमाउन अमेरिकी साम्राजयवादले गरेको लगानी भएको बताउनुभयो ।
संसदमा टेवुल भएको राष्ट्रघाती सम्झौता संसदमा पास गर्ने पर्यासले नेपाली जनताका देशभक्त प्रतिनीधि छन् कि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरु छन् भन्ने कुरा सारा नेपालीले थाहा पाउने सेक्रेटरी विकले बताउनुभयो ।हामी विदेशी सहयोग र अनुदानको बिरोधी नभई देशको स्वाधिनता र सार्बभौमिकतामा आँच नआउने गरी बिना शर्त प्राप्त हुने बैदेशिक सहयोग स्वागत हुने तर नेपाल र नेपाली कानुन भन्दा माथी अमेरिकी परियोजना हुन्छ भने त्यसको निरन्तर बिरोध र प्रतिकार हुने नेता विकले बताउनु भयो । कार्यक्रमको सन्चालन अखिल क्रान्तिकारी रुपन्देही जिल्ला उपाध्याय पारस राहादी मगरले गरेका थिए ।
