बुटवल । सरकारले संसदमा टेबल गरेको राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध बुटवलमा विशाल जुलुसु सहित विरोध सभा सम्पन्न भएको छ ।
बुटवल नयाँ बसपार्कबाट सुरु भएको विशाल जुलुस अस्पताललाइन, ट्राफिकचोक, राममन्दिरलाइन, संगमपथ हुँदै अमपरपथ पुगेर विरोध सभामा परिणत भएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले साम्राज्यवादी देशहरूबीचको लडाईसँग सरोकार नभएपनि नेपाल यसको रणभूमी बन्न नदिन यसका विरूद्व संघर्षको विकल्प नभएको बताउनु भयो । उहाँले एमसीसी प्राकृतिक स्रोत सम्पदा कब्जा गर्न र चीनलाई घेर्ने सैन्य रणनीतिका साथ आएको भन्दै यो देशभक्त नेपालीलाई सह्य नहुने बताउनुभयो । उहाँले एमसीसी परियोजना पास भए यसका पक्षमा मतदान गर्ने दलालहरू कुनैपनि कुनामा सुरक्षित नहुने बताउनु भयो । उहाँले सुरक्षा निकायले दलालहरूको आदेश नभई जनताको आदेशलाई मान्नुपर्ने बताउनुभयो । उहाँले एमसीसी परियोजना पास गरिएर देश गम्भीर परिस्थितिमा पुग्ने भन्दै नेपालमा यसको कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले नेपालको प्राकृतिक स्रोत साधन र सम्पदाहरू कब्जा गर्न र चीन घेर्न एमसीसी परियोजना आएको भन्दै यसले नेपालको सार्बभौमसत्ता र स्वतन्त्रतामाथी गम्भीर आँच आउने बताउनुभयो । उहाँले
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमले एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग भएको भन्दै यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले एमसीसी आइपीएसको आर्थिक कार्यान्वयन गर्ने इकाई भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र समाजवादी)का केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले एमसीसी पास गर्ने दलालहरूलाई जनताले गाउँ सहरबाट प्रतिवाद गर्नुपर्ने बताउनुभयो । बिरोध सभामा संग्रामी सांस्कृतिक परिवार र रक्तिम सांस्कृतिक परिवारका कलाकारहरूले गीत र नाँच प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन नेकपा बुटवल उपमहानगरपालिका सेक्रेटरी बिरेन्द्र बिकले गर्नुभएको थियो ।
विशाल जुलुसमा एमसीसी विरुद्ध नाराबाजी गर्दै एमसीसी सम्झौता तत्काल खारेज हुनुपर्ने माग गर्दै यसका विरुद्ध सम्पूर्ण देशभक्तहरु एक हुन अपिल गरिएको थियो ।
कार्यक्रममा संग्रामी परिवारका कलाकारहरु रेश्मी, विहानी, र संगीताले एमसीसीविरुद्ध गीत गाउनुभएको थियो भने रक्तिम परिवारले नाच प्रस्तुत गरेको थियो ।
