२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपा अछामद्वारा राष्ट्रघाती एमसिसी विरुद्ध कोणसभा...
--3817

नेकपा अछामद्वारा राष्ट्रघाती एमसिसी विरुद्ध कोणसभा सम्पन्न

नेकपा अछामद्वारा राष्ट्रघाती एमसिसी विरुद्ध कोणसभा सम्पन्न

शनिवार, फाल्गुण १४ २०७८
शनिवार, फाल्गुण १४ २०७८
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टी अछामको आयोजनामा राष्टघाती एमसिसी सम्झौताका  विरुद्ध  जयगढ बजारमा प्रदर्शन सहितको कोणसभा कार्यक्रम सम्पन्न भएको छ। कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अछामका सचिव तपेन्द्र  तिमिल्सीनाले राष्टघाती एमसिसी सम्झौता खारेज गर्नु पर्ने बताउनु भएको थियो  । जबसम्म पुर्णरुपमा एमसिसीको खारेज हुदैन तबसम्म सडक देखि सदनसम्मआन्दोलनलाई जारी राख्ने उहाको भनाइ थियो ।

    कोणसभा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिव तपेन्द्र तिमिल्सीना , सचिवालय सदस्यहरु लोकेन्द्र शाही, निरक शाही, बिराट साउद,अखिल क्रान्तीकारी अछाम जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी, अ ने म संघ क्रान्तीकारीका जिल्ला संयोजक राजु चलाउने ,युवा संगठन नेपाल अछामका सचिव कुमार क्षेत्री लगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    कार्यक्रमको संचालन बान्नीगढी जयगड गा पा इन्चार्ज विकास विष्टले गर्नु भएको थियो ।
    कुमारसेन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij