बुटवल । नेपाल कम्युनिष्ट पार्टीले भोलि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एमसिसि बिरुद्ध बिरोध प्रदर्शन सहित जनसभा गर्ने भएको छ । उक्त बिरोध प्रदर्शनमा क्रान्तीकारी माओवादी, नेकपा मसाल र जनमोर्चा सहित ६ साना दलको पनि सहभागीता रहने बताइएको छ ।
एमसिसि बिरुद्ध हुन लागेको विरोध प्रदर्शन र जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज ओमप्रकाश पुनले सम्बोधन गर्ने र कार्यक्रम दिउसो १२ बजे सदरमुकाम स्थित बसपार्कमा हुने नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराले जनाएको छ ।
नेकपाले बिगत देखि नै एमसिसि बिरुद्ध खरो बिरोध प्रदर्शन गर्दै आइरहेको छ । एमसिसि बिरुद्ध नेकपाको केन्द्रीय कार्यालयको एक बैठकले गत फागुन १० गते सोमबार देशभर विभिन्न संघर्षका कार्यक्रम तय गरेको थियो । जसमा २ मोर्चा र ६ साना राजनितिक दलहरुले पनि सहभागिता जनाएका थिए ।
