२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
  • राजनीति
  • सहिद सप्ताह : नेकपा रुपन्देहीद्धारा सहिद...
--3813

सहिद सप्ताह : नेकपा रुपन्देहीद्धारा सहिद परिवारलाई भेटघाट

सहिद सप्ताह : नेकपा रुपन्देहीद्धारा सहिद परिवारलाई भेटघाट

'सहिदहरुको सपना एकीकृत जनक्रान्तिमार्फत् पुरा हुन्छ' : कृति

शनिवार, फाल्गुण १४ २०७८
शनिवार, फाल्गुण १४ २०७८
  • बुटवल । नेकपा रुपन्देहीद्धारा सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट गरेको छ । सहिद सप्ताहको सन्दर्भमा नेकपा रुपन्देहीले भेटघाट गरेको हो । 

    नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज कृतिले जनयुद्धका सहिद नवराज सिमखडाकी परिवार जया पौडेल र सहिद परिवार महेन्द्र भुसाललाई भेटघाट गर्नुभएको हो । जया पौडेल सहिद नवराज सिमखडाकी श्रीमति र जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालकी केन्द्रीय सचिव समेत हुनुहुन्छ । 

    जिल्ला सेक्रेटरी विश्वासले शुद्धोधन गाउँपालिकास्थित सहिद रामसुबाक चौधरीका परिवार, नाथु थारुका परिवार कमला थारु, चिनक यादवको परिवार, रमेश यादवका परिवारलगायतलाई भेटघाट गर्नुभएको छ । 

    अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीले कलाकार चुनु गुरुङको परिवारलाई भेटघाट गरेको छ । पाल्पा दोभानस्थित गुरुङको घरमा गएर महासंघले परिवारलाई भेटघाट गरेको हो । भेटघाटमा महासंघ रुपन्देही अध्यक्ष विहानी मगर र अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष रुपा बुढा मगरलगायतको टिम रहेको थियो । 

    त्यसैगरी रुपन्देहीमा जिल्लामा रहेका करिब ६० भन्दा सहिद एवं बेपत्ता परिवारलाई नेकपाले भेटघाट गरेको जिल्ला कार्यालयले बताएको छ । 

    नेकपा जिल्ला कार्यालयका अनुसार फागुन १६ गते तिलोत्तमास्थित बनबाटिकामा रहेको सहिद पार्कको सभाहलमा सहिद बेपत्ता परिवारजनको भेला गरी विशेष कार्यक्रम गर्न लागेको बताइएको छ । 

    रुपन्देहीमा नेकपाले हरेक बर्ष सहिद एवं बेपत्ता परिवारजनलाई सम्मान एवं भेटघाट गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij