बुटवल । पदम पराजुली । तिलोतमा नगरपालिकाको मणिग्राम तथा बुटवल उपमहानगरपालिका को योगिकुटी चोकमा पाँच दलिय संयुक्त संघर्ष समितिद्वारा आज फागुन १३ गतेको घोषित कार्यक्रम अन्तर्गत एमसिसीको विरुद्धमा कोण सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै नेकपाका रूपन्देही जिल्ला सदस्य क. एन्बि शाहीले देशमा अमेरिकी अनुदान सहयोको रुपमा आएको अमेरिकी लगानी एमसिसी जबरजस्त संसदबाट अनुमोदन गर्न लागिरहको बेला देशैभरी विभिन्न राजनिती दलहरुले निरन्तर संघष गर्दै आइरहेको बताउँदै गठबन्धन सरकारले आन्दोनकारीमाथि गोली बर्षाएको बताउनुभयो । नेकपा जिल्ला सदस्य क.जया पौडेलले देशमा नेपाली जनतालाई मारेर अमेरिकी लगानी सदनबाट अनुमोदन गरेर दलालहरुले राष्ट्र बेच्न लागेकोमा दुख व्यक्त गर्दै अव संघर्षको नयाँ रुप बदल्नु पर्ने बाध्यता आएको बताउनुभयो ।
एमसीसीको विरुद्धमा आम नगरवासी उठ्नु पर्ने बताउँदै राष्ट्रघाती संझौता एमसिसी खारेज गर्नु पर्ने बताउनुभयो । (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एबं लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले नेपालको सार्वभौमसत्ता र अर्थराजनीतिलाई नकारात्मक प्रभाव पार्ने गरि एमसीसी सम्झौता आएको भन्दै यसले नेपाली जनताको स्वतन्त्रता र स्वाधीनता विरूद्व भएको बताउनु भयो । उहाँले नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने र चीनलाई घेर्नका लागि एमसीसी आएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले एमसीसी देशमाथिको हस्तक्षेप भएको भन्दै सबै देशभक्त नेपालीहरू एक हुनुपर्ने बताउनुभयो । कार्यक्रमको संचालन अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष पारस राहाडी मगरले गरेका थिए ।

