२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • सैनामैना संयुक्त संघर्ष समितिद्वारा एमसिसी विरुद्ध...
--3806

सैनामैना संयुक्त संघर्ष समितिद्वारा एमसिसी विरुद्ध कोण सभा

सैनामैना संयुक्त संघर्ष समितिद्वारा एमसिसी विरुद्ध कोण सभा

शुक्रवार, फाल्गुण १३ २०७८
शुक्रवार, फाल्गुण १३ २०७८

  • सावन राना । बुटवल । रूपन्देहीको सैनामैना, मुुर्गियामा पाँच दलिय संयुक्त संघर्ष समितिद्वारा आज फागुन १३ गतेको घोषित कार्यक्रम अन्तर्गत एमसिसीको विरुद्धमा कोण सभा सम्पन्न गरेको छ । सो सभालाई सम्बोधन गर्दै नेकपाका रूपन्देही जिल्ला सदस्य क. नविन थारुले देशमा अमेरिकी अनुदान सहयोको रुपमा आएको अमेरिकी लगानी एमसिसी जबरजस्त संसदबाट अनुमोदन गर्न लागिरहको बेला देशैभरी विभिन्न राजनिती दलहरुले निरन्तर संघष गर्दै आइरहेको बताउँदै गठबन्धन सरकारले आन्दोनकारीमाथि गोली बर्षाएको बताए ।

    उनले देशमा नेपाली जनतालाई  मारेर अमेरिकी लगानी सदनबाट अनुमोदन गरेर दलालहरुले  राष्ट्र बेच्न लागेकोमा  दुख व्यक्त गर्दै अव संघर्षको नयाँ रुप बदल्नु पर्ने बाध्यता आएको बताए । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नगर कमिटी अध्यक्ष नारायण महतले एमसीसीको विरुद्धमा आम नगरवासी उठ्नु पर्ने बताउँदै राष्ट्रघाती संझौता एमसिसी खारेज गर्नु पर्ने बताए ।

    कार्यक्रममा नेकपा लगायत राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहाकार कृष्ण बम मल्ल, क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य प्रेम सुवेदी, नेकपा समाजवादीका देवराज पौडेल लगायतले एमसिसी खारेजी हुनु पर्ने बताए । 

    कार्यक्रमको संचालन  (माओवादी केन्द्र) का जिल्ला सदस्य दिपक अधिकारीले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij