२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3805

महासचिव विप्लवद्वारा नेता सङ्गमलाई हेडक्वाटरमा स्वागत

महासचिव विप्लवद्वारा नेता सङ्गमलाई हेडक्वाटरमा स्वागत

नेता संगमको रिहाइले क्रान्तिकारीमा नयाँ उत्साह

शुक्रवार, फाल्गुण १३ २०७८
शुक्रवार, फाल्गुण १३ २०७८
  • बुटवल । नेकपा महासचिव विप्लवले २० महिना लामो जेल जीवन विताएर रिहा हुनुभएका नेकपा रुपन्देहीका तत्कालीन इन्चार्ज संगमलाई स्वागत गर्नुभएको छ । 

    महासचिव विप्लवले संगमलाई स्वागत गर्दै बधाई समेत दिनुभएको छ । पार्टी हेडक्वाटरमा आयोजित भेटघाटमा नेता संगमलाई स्वागत गर्न नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य असल, बिजयलगायत हेडक्वाटर टिमको उपस्थिति रहेको थियो । 

    नेकपाका युवा नेता सङ्गमलाई सरकारले कर्तव्य ज्यानलगायत कयौँ झूट्टा मुद्दा लगाएर केन्द्रीय कारागार काठमाडौँमा राखेको थियो । उनी जिल्ला अदालत कपिलवस्तुको आदेशमा बिहीबार रिहा भएका हुन् ।

    काठमाडौँमा बिहीबार रिहा भएपछि उनलाई बुद्धनगरमा रहेको नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा नेकपाका केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपाका केन्द्रीय सदस्यहरू बन्धु चन्द, प्रज्वलन, आस्था, खुमा सुवेदी, आदर्श, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा सङ्गठन नेपालका अध्यक्ष पाटन जङ्गली, युवा सङ्गठनकी महासचिव विदुषीका साथै कर्यालय टिमले स्वागत गरेको थियो ।

    नेता संगमको रिहाइले क्रान्तिकारीमा नयाँ उत्साह पैदा गरेको छ । प्रतिबन्धको समयमा २०७७ साउन १८ गते नेता संगम सहित १० जनालाई बुटवलको रानीगञ्जबाट राज्यले पक्राउ गरेको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij