भानु चापागाईँ,नवलपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ५ राजनितिक दलले नवलपुरको जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न गरेका छन् ।
राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गर्न थालिएको विरोधमा आन्दोलनरत दलहरुले संयुक्त संघर्ष समितिको चापागाईंर नवलपुरकेन्द्रीय कार्यक्रम अनुसार नवलपर जिल्लामा पनि जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टीका कावासोती नगर सेक्रेटरी अर्जुनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी शितलले राष्ट्रघाती एमसीसी विरुद्धको संघर्ष कुनै दल विशेषको फाईदाका लागि नभई राष्ट्र जोगाउने संघर्ष भएकाले सम्पूर्ण देशभक्त नेपाली नागरिकले आन्दोलनलाई समर्थन र सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी , नेकपा क्रान्तिकारी माओवादी, नेकपा एकिकृत समाजवादी , राष्ट्रिय जनमोर्चा तथा नेकपा माओवादी केन्द्र (समाजवादी)का नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी शितल,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किसन शर्मा गैरे,नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य अनुकुल,नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष शालिकराम भट्टराई,नेकपा माओवादी केन्द्र (समाजवादी)का जिल्ला संयोजक भिमाद लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम जनमोर्चाका नेता विकाराम महतोको सहजिकरणमा सम्पन्न भएको थियो ।
