२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • विकास हाेइन् विनाश, एमसीसी विरुद्ध...
--3796

विकास हाेइन् विनाश, एमसीसी विरुद्ध सल्यानमा प्रदर्शन

विकास हाेइन् विनाश, एमसीसी विरुद्ध सल्यानमा प्रदर्शन

बिहिवार, फाल्गुण १२ २०७८
बिहिवार, फाल्गुण १२ २०७८
  • फागुन १२, सल्यान । एमसीसीकाे विरुद्धमा सल्यानमा तीन विद्यार्थी संगठनले आज आन्दाेलन गरेका छन् । नेकपा निकट अखिल क्रान्तिकारी, माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा विरोध प्रदर्शन कार्यक्रम गरेका हुन् ।

    एमसीसीको विरोध स्वरुप उनिहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । पुरानाे बसपार्क तर्फबाट नेपाल टेलिकमकाे कार्यालयकाे राेड हुँदै एमसीसी बिरुद्धकाे र्याली जिल्ला प्रशासनकाे परिसरमा पुगेकाे हाे । बिराेध प्रदर्शनकाे काेण सभालाई सम्बाेधन गर्दै विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पाेखरेलले याे बेला जसरी पनि एमसीसी पास गर्न नहुँने बताए । उनले अहिले एमसीसी पास गरिए भाेलीकाे पुस्ताले धिकार्ने बताए ।

    अमेरिका एमसीसीमार्फत नेपालमा प्रवेश गरेर नेपालकाे स्वाधिनता, कानुन, अर्थतन्त्र, सुरक्षा निकाय, न्याय प्रशासन तथा प्राकृतिक श्राेत साधन कब्जा गर्ने रणरीति रहेकाे उनले बताए । उनले भने, ‘अमेरिका जहाँ पुग्छ त्यहाँ विकास हाेइन् विनाश गर्छ । एमसीसीमार्फत नेपाली भुमिमा टेकेर अन्य देशहरुसँग लडाई गर्ने अमेरिकाकाे रणरीति छ ।’

    कार्यक्रममा बाेल्दै माओवादी निकट अखिल क्रान्तिकारीकाे प्रदेश कमिटी सदस्य रमेश विसीले नेपाललाइ आर्थिक साहायताकाे नाममा कमजाेर पारेर देश बेच्न खाेजिएकाे बताए । उनले देशभन्दा माथी काेहि नभएकाेले एमसीसी पास गर्नेहरुलाई लखेट्नुपर्ने बताए । विद्यार्थी संगठनहरुले सडकदेखि सदनसम्म तताउनुपर्ने उनले बताए ।

    त्यस्तै अनेरास्ववीयु सल्यानका अध्यक्ष निरज सिंहले राष्ट्रियता नै सबैभन्दा ठुलाे कुरा भएकाे बताए । उनले सल्यानबाट निर्वाचित सांसदले एमसीसीकाे पक्षमा हस्ताक्षर गरे जिल्लामा प्रवेश निषेध गरिने बताए ।कार्यक्रमकाे संचालन नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष राजेन्द्र खड्काले गरेका थिए ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij