कञ्चनपुर : राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै ६ वटा दल र दुई मोर्चाद्वारा कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराऊ गरेको छ । संयुक्त दलहरुका प्रदर्शनकारी द्वारा कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मंचबाट र्याली सुरु गरी नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।
विरोध प्रदर्शनको कोणसभामा नेकपा (विप्लव) निकटका जिल्ला सचिव जीवन परियारले सम्बोधन गर्दै देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । नेता परियारले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए ।
प्रदर्शनमा सहभागी नेकपा (क्रान्तिकारी) माओवादीका जिल्ला सचिव कैलाश, ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष गजेन्द्र पाण्डे र जनमोर्चाका जिल्ला अध्यक्ष राम कार्की लगायत वक्ताहरुले पनि राष्ट्रिय स्वाधिनता जोगाउन आफूहरु निरन्तर आन्दोलनमा उत्रने बताएका छन । सबै वक्ताहरुले MCC सम्झौता खारेज हुनुपर्ने मा जोड दिँदै राष्ट्रियता जोगाउनका लागि सबै राष्ट्रवादी युवा विद्यार्थी आम जनसमुदायलाई आन्दोलनमा समाहित हुन अपिल समेत गरेका छन ।
नेकपा सहितका दल र मोर्चा द्वारा mcc खारेजको माग गर्दै देशैभरि विरोध प्रदर्शनका गर्दै आएको छ र आज पनि देअभरका प्रशासन कार्यालय घेराऊ गरेको छ । अमेरिकी सहयोग नेपाल सरकारले एम सी सी सम्झौता पारित गर्नका लागि अहिले संसदमा पेस गरेको छ । उक्त एजेण्डा अहिले संसदमा विचाराधीन छ । आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित भएको छ ।
