२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • रूपन्देहीमा राष्ट्रघाती एमसीसीविरूद्व जिल्ला प्रशासन कार्यालय...
--3791

रूपन्देहीमा राष्ट्रघाती एमसीसीविरूद्व जिल्ला प्रशासन कार्यालय घेराउ

रूपन्देहीमा राष्ट्रघाती एमसीसीविरूद्व जिल्ला प्रशासन कार्यालय घेराउ

एमसीसी विरूद्व चरणबद्ध संघर्ष

बिहिवार, फाल्गुण १२ २०७८
बिहिवार, फाल्गुण १२ २०७८
  • भैरहवा । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा सहित ५ कम्युनिस्ट पार्टी र दुई मोर्चाले भैरहवामा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । संयुक्त मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरिएको नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले बताउनुभएको छ ।

    घेराउ कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै यसलाई संसदबाट पास नगर्न चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी साम्राज्यवादका दलालहरुले एमसीसी पास गरे कार्यान्वयन हुन नदिने बताउदै यसका विरुद्ध देशभक्तहरु एक हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एबं लुम्बिनी प्रदेश इन्चार्ज  प्रेम सुवेदीले नेपालको सार्वभौमसत्ता र अर्थराजनीतिलाई नकारात्मक प्रभाव पार्ने गरि एमसीसी सम्झौता आएको भन्दै यसले नेपाली जनताको स्वतन्त्रता र स्वाधीनता विरूद्व भएको बताउनु भयो । उहाँले नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने र चीनलाई घेर्नका लागि एमसीसी आएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताउनुभयो ।  राष्ट्रिय जनमोर्चाका हिरालाल धामीले एमसीसी विद्युत र सडक बिस्तारको नाममा चीन विरूद्व सैन्य बिस्तार गर्ने रणनीति भएको भन्दै यसको खारेजी अनिवार्य भएको बताउनुभयो । 

    नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले एमसीसी देशमाथिको हस्तक्षेप भएको भन्दै सबै देशभक्त नेपालीहरू एक हुनुपर्ने बताउनुभयो । कोणसभाको संचालन देजमोका जिल्ला सदस्य राजु भुजेलले गर्नु भएको थियो । 

    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एबं रूपन्देही जिल्ला इन्चार्ज कृति, नेकपा मसालका चेतनाथ आचार्य, रास्ट्रीय जनमोर्चाका नेता बद्रे आलमलगायत नेता एबं संयुक्त संघर्षमा सम्बद्ध नेता कार्यकर्ता र जनताको उपस्थिती रहेको थियो । 

    केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा सिडियो कार्यालय घेराउ गरेको हो । यसअघि रुपन्देहीमा संयुक्त वैठक बसी एमसीसी विरुद्धको संघर्षलाई तीव्रता दिने निर्णय गरेको थियो । कार्यक्रम अन्तर्गत जिल्लामा फागुन १३ गते मुर्गिया, मणिग्राम, योगीकोटीमा कोणसभा गर्ने, फागुन १४ गते प्रचारात्मक कार्यक्रम गर्ने र १५ गते विरोध सभा गर्ने बताइएको छ ।   

    रूपन्देहीमा संयुक्त संघर्षलाई तीब्रता दिने बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij