२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
--3785

युक्रेन संकट : युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

युक्रेन संकट : युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

बिहिवार, फाल्गुण १२ २०७८
बिहिवार, फाल्गुण १२ २०७८
  • एजेन्सी :  युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । सुरक्षा परिषद् बैठकले रूससँग युद्धको आशंकाबीच आगामी ३० दिनका लागि संकटकाल घोषणा गरेको हो । हाल यो आपतकालको अवधि ३० दिनको हुनेछ, जसलाई अझै लम्ब्याउन सकिन्छ । एएफपीका अनुसार युक्रेनको सुरक्षा परिषदले राष्ट्रिय संकटकाल लगाउने निर्णयलाई अनुमोदन गरेको छ ।

    युक्रेनको संसदले आगामी ४८ घण्टाभित्र यस विषयमा आफ्नो सहमति दिनुपर्नेछ । तर, संसदले अबको केही मिनेट वा एक घण्टामा पनि यस विषयमा सहमति दिन सक्छ । यो आपतकालीन अवस्था डोनेस्क र लुहान्स्क बाहेक सम्पूर्ण युक्रेनमा लागू हुनेछ । यी क्षेत्रहरू पृथकतावादीहरूको कब्जामा रहेको बताइएको छ । यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेको बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij