बुटवल । नेपालमा कुल सार्वजनिक ऋण अघिल्लो आर्थिक वर्षभन्दा ९ अर्ब रुपैयाँले घटेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार ६ सय ७१ रुपैयाँ पुगेको छ । यो २०७८ असार मसान्तको तुलनामा ९ अर्ब रुपैयाँ कम हो ।
२०७८ असार मसान्तमा १७ खर्ब ३७ अर्ब रुपैयाँ सार्वजनिक ऋण रहेको थियो । पुस मसान्तसम्म कायम १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार ६ सय ७१ रुपैयाँ ऋणलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रुपैयाँले भाग लगाउँदा प्रतिव्यक्ति सार्वजनिक ऋणको भार ५९ हजार २ सय २५ रुपैयाँ पर्न जान्छ ।
पुस मसान्तसम्म नेपालको बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
