२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
mcc-

MCC विरुद्ध मकवानपुरमा मसाल जुलुस

MCC विरुद्ध मकवानपुरमा मसाल जुलुस

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • मकवानपुर। राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको संयुक्त संघर्ष समितिद्वारा मकवानपुरमा मसाल जुलुस गरेको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा गरिएको मसाल जुलुस चौकिटोल बाट सुरु भई बुद्ध चोक हुँदै सीमा चोकसम्म पुगेको हो। 


    मसाल जुलुस सहितको र्यालीमा विभिन्न पार्टी तथा मोर्चाका नेता कार्यकर्ताका साथै देशभक्त एवम राष्ट्रप्रेमी जनताको उपस्थिति रहेको छ। र्याली पश्चात सीमा चोकमा भएको कोणसभा कार्यक्रमको सञ्चालन सहितको अन्त्य नेकपा मकवानपुरका सचिवालय सदस्य तथा हेटौँडा उपमहानगरपालिका सेक्रेटरी सुर्य अर्यालले गरेका हुन्। कोणसभामा बोल्दै अर्यालले भनेका छन् कि राष्ट्रघाती एमसिसी सम्झौता पारित गर्न लागि परेका दलालहरुको कुनै पनि किसिमको दमनले एमसिसी विरुद्धको आन्दोलन रोकिँदैन। उनले राष्ट्र र राष्ट्रियता रहेसम्म मात्र आम नेपालीको पहिचान र अस्तित्व रहने भएकाले राष्ट्रिय स्वाधिनता जोगाउनका लागि सडक आन्दोलनमा एक भई सहभागी हुन पत्रकार, पुलिस प्रशासन, बुद्धिजीवी लगायत सम्पूर्ण देशभक्त तथा राष्ट्रप्रेमी नेपाली जनतालाई आग्रह गरेका छन्। त्यस्तै विहीबार हुने जिल्ला प्रशासन घेराउ कार्यक्रममा सहभागी हुन पनि सबैमा आग्रह गरेका छन्।


    त्यस्तै हेटौँडा-१९, बस्तीपुरमा पनि मसाल जुलुस सहितको कोणसभा कार्यक्रम भएको छ। कार्यक्रममा राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुरका संयोजक सागर कडेंलले सम्बोधन गरेका थिए। त्यस्तै स्वतन्त्र युवा समुह बस्तीपुर टोलका अध्यक्ष सन्दिप पाठक, राजकुमार भेटवाल लगायतले एमसिसी विरुद्ध आफ्ना भनाई राखेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij