२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3779

अर्घाखाँचीमा एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन

अर्घाखाँचीमा एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८

  • अनिल नेपाली, सन्धिखर्क । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विरुद्ध संयुक्त संघर्ष समितिमा रहेका दलहरुले अर्घाखाँचीको गुन्टेखोलामा मसाल जुलुस निकालेका छन् ।


    बुधबार साँझ जिल्लाको सन्धिखर्क गन्टेखोलामा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा  लगायतका दलहरुले एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेका हुन् । मसाल जुलुस निकाल्ने क्रममा स्थानीय प्रहरी प्रशासनले अवरोध सिर्जना गरेपनि गुन्टेखोला चोकमा आएर संघर्ष समितिले कोणसभा गरेको थियो ।


    कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल भट्टराईले एमसीसी खारेजीको अभियानमा साथ दिन राष्ट्रप्रेमी जनतालाई आह्वान गर्नुभयो । केन्द्रदेखि जिल्लामा संयुक्त संघर्ष समितिले एमसीसी विरुद्ध कार्यक्रम गरिरहेको भन्दै राष्ट्रको विषयमा सबैको चासो हुन आवश्यक रहेको बताउनुभएको छ ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य नवीन खड्काले अमेरिकी साम्म्राज्यवादले जवरजस्ती ढंगले नेपालमा एमसीसी ल्याउन खोजेको भन्दै यसको सशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

    एमसीसी ल्याउन कांग्रेस, एमाले कम्मर कसेर लागेको भन्दै यसको प्रतिरोध स्वरुप सबै राष्ट्रभक्ति 
    जनतालाई सडकमा उत्रिन उहाँले आह्वान गर्नुभयो । देशमा एमसीसीबारे तीन ओटा धारणा देखा परेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij