२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • राष्ट्रघाती एमसीसी सम्झौताविरूद्व बुटवलमा मसाल जुलुस...
--3778

राष्ट्रघाती एमसीसी सम्झौताविरूद्व बुटवलमा मसाल जुलुस प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरूद्व बुटवलमा मसाल जुलुस प्रदर्शन

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८

  • पदम पराजुली । बुटवल । रुपन्देहीको बुटवलमा राष्ट्रघाती एमसीसी सम्झौता विरूद्व बुधबार साँझ मसाल जुलुस सम्पन्न भएको छ । ६ राजनीतिक दलहरु र २ मोर्चाको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, राष्ट्रघाती एमसीसी खारेज गरौं भन्दै बुटवलको पुरानो बसपार्कदेखि पुष्पलाल पार्कसम्म मसाल जुलुस गरेका छन् ।


    पुष्पलाल पार्कमा पुगेर कोणसभालाई सम्बोधन गर्दै नेकपा बुटवल उपमहानगरपालिका सेक्रेटरी विरेन्द्र विकले विकास परियोजनाको बहानामा अमेरिकी सहयोगको रुपमा आउने भनिएको राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज गरिनुपर्ने बताउनुभयो ।

    एमसीसी सम्झौता यदि संसदबाट अनुमोदन भयो भने नेपाल नरहने बताउदै नेता विकले एमसीसी परियोजना कुनै सहयोग र अनुदान नभई नेपालको स्रोत साधनमाथि कब्जा जमाउन अमेरिकी साम्राजयवादले गरेको लगानी भएको बताउनुभयो ।


    संसदमा टेवुल भएको राष्ट्रघाती सम्झौता बिरुद्धको को उभिन्छ भन्ने कुरा फागुन १२ गते थाहा हुने बताउदै यदि संसदमा नेपाली जनताका देशभक्त प्रतिनीधि छन् कि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरु छन् भन्ने कुरा सारा नेपालीले थाहा पाउने सेक्रेटरी विकले बताउनुभयो ।

    हामी विदेशी सहयोग र अनुदानको बिरोधी नभई देशको स्वाधिनता र सार्बभौमिकतामा आँच नआउने गरी बिना शर्त प्राप्त हुने बैदेशिक सहयोग स्वागत हुने तर नेपाल र नेपाली कानुन भन्दा माथी अमेरिकी परियोजना हुन्छ भने त्यसको निरन्तर बिरोध र प्रतिकार हुने नेता विकले बताउनु भयो ।


    मसाल जुलुसमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी),नेकपा मसाल, नेकपा (माले),वैज्ञानिक कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा समर्थित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij