२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
--3767

युक्रेन सुरक्षा परिषद्ले देशभर एक महिना सङ्कटकाल लगाउने निर्णय

युक्रेन सुरक्षा परिषद्ले देशभर एक महिना सङ्कटकाल लगाउने निर्णय

बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८

  • बुटवल । युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । केहीबेरअघि सम्पन्न सुरक्षा परिषद् बैठकले आउँदो ३० दिनका लागि सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको युक्रेनका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

    सुरक्षा परिषद्को निर्णय युक्रेनको संसद्ले अनुमोदन गरेपछि लागू हुन्छ । रुसले युक्रेनका विवादित क्षेत्रमा सेना पठाइसकेको र सम्भावित आक्रमणको खतरालाई ध्यान दिएर युक्रेनले सङ्कटकाल लगाउन लागेको हो । 


    यस्तै सुरक्षा परिषद् बैठकले १८ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई सैनिकको रूपमा खटिन तयारी रहन आह्वान गरेको छ । 

    यस्तै युक्रेनले रुसमा रहेका आफ्ना ३० लाख नागरिकलाई तत्काल रुस छाड्न अनुरोध गरेको बीबीसीले जनाएको छ ।

    रुसले हिजो मङ्गलवार युक्रेनबाट छुट्टिएका दुई विवादित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर विद्रोहीहरूलाई सहयोग गर्न आफ्ना सैनिक पठाएपछि रुस–युक्रेन युद्धको सम्मुखमा पुगेका छन् ।

    अमेरिका, बेलायतसहित पश्चिमा देशहरूले रुसी बैंक र संसदमाथि प्रतिबन्ध लगाएका छन् । 

    यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेको बताउनुभएको छ । तर वार्ताका लागि तयार भए पनि रुसको हित र रुसी नागरिकको सुरक्षामा सम्झौता गर्न भने नसक्ने उहाँको भनाइ छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij